५० वटा मानवता सहायता लिएका गाडीहरु गाजा प्रवेश
७ जना घाइते प्यालेस्टाइनीहरू,रफाह नाका हुदै उपचारको लागि इजिप्ट पुगेका छन्।

मंसिर २०, काव्य घर । इजिप्टका एक अधिकारीका अनुसार मानवीय सहायता बोकेका पचास ट्रकहरू रफाह नाका हुँदै मङ्गलबार गाजा प्रवेश गरेका छन भने जसमा दुईवटा गाडीले इन्धन बोकेका छन ।
अक्टोबर ७ को आक्रमण अघि संयुक्त राष्ट्रका अनुसार प्रत्येक दिन लगभग ४५५ सहायता गाडीहरु यस क्षेत्रमा प्रवेश गर्ने गरेको सिएनएनले समाचार लेखेको छ ।
यसैबीच ७ जना घाइते प्यालेस्टाइनीहरू, ७ जना साथ भएका व्यक्तिहरू रफाह नाका हुदै उपचारको लागि इजिप्ट पुगेका छन्।
यसबाहेक गाजाबाट विदेशी नागरिकहरू ओसारपसार गर्ने सातवटा गाडीहरु इजिप्ट आइपुगेको छ ।
What's Your Reaction?






