हामी र हाम्रो कृति समाजद्धारा संयुक्त मुक्तक कृति लोकार्पण 

Mar 2, 2025 - 10:24
Mar 2, 2025 - 10:27
 0  10
हामी र हाम्रो कृति समाजद्धारा संयुक्त मुक्तक कृति लोकार्पण 

फागुन १८,काठमाडौँ नेपालबोर्डर / राजकुमार खड्गा ।  फागुन १७ गते हामी र हाम्रो कृति समाजद्वारा प्रकाशित २० औँ कृति, १११ जना स्रष्टाका १३३२ मुक्तक संग्रहित हामी र हाम्रो मुक्तक संग्रहको लोकार्पण कार्यक्रम तथा अग्रज श्रष्टा मुक्तककारज्यूहरूको मुक्तक वाचन कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न गरेको छ।
दुई खण्डमा प्रस्तुत गरिएको उक्त कार्यक्रममा पहिलो खण्डमा पुस्तकको लोकार्पण भएको थियो भने दोस्रो खण्डमा नौ जना अग्रज मुक्तकार ज्यूहरूले मुक्तक वाचन गर्नुभएको थियो।
कार्यक्रम हामी र हाम्रो कृति समाजका संस्थापक अध्यक्ष मदन नेपालज्यूको सभापतित्वमा सुरु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईज्यू हुनुहुन्थ्यो।
कार्यक्रमको दोस्रो खण्डमा अग्रजमुक्तकारहरूको मुक्तकवाचनको कार्यक्रम राखिएको थियो। उक्त दोस्रो खण्डको कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार उषा शेरचनज्यूले गर्नुभएको थियो।
अग्रजलाई सम्मान हाम्रो अभियान शृङ्खला अन्तर्गत हामी र हाम्रो कृति समाजले एउटै मञ्चमा नौ जना वरिष्ठ अग्रज साहित्यकारहरूलाई प्रस्तुत गरेको थियो। उक्त वाचन कार्यक्रममा अग्रज साहित्यकारहरु उषा शेरचन, ज्ञानुवाकर पौडेल, रामकाजी कोने, राधेश्याम लेकाली, यादव भट्टराई,रमेश पौडेल, प्रकाश बस्नेत गफाडी, सुवासचन्द्र ढुँगेल, डा.गोपाल पौड्याल मण्डने ज्यूहरूलाई मञ्चमा प्रस्तुत गरिएको थियो।
मञ्चमा रहनुभएका सम्पूर्ण अतिथिज्यूहरूलाई फूल माला अर्पण संस्थाका उपाध्यक्ष नम्रता उप्रेती सुधा बाँस्कोटा र मन्दा पौडेलले गर्नु भएको थियो।
कार्यक्रमको उद्घाटन पानसमा बत्ति बालेर गरिएको थियो भने पुस्तकको लोकार्पण पश्चात प्रमुख अतिथि भुपाल राईले हामी र हाम्रो कृति समाजले अहिलेसम्म गरेका कार्यहरूको बारेमा धन्यवाद प्रकट गर्नुभएको थियो।
उहाँले हामी र हाम्रो कृति समाजले आफ्नो स्थापनाको छोटो अवधिमा नै नेपाली साहित्यको जगेर्ना गर्ने र प्रतिभाहरूको उजागर गर्ने सराहनीय कार्य गरेको भन्दै हामी र हाम्रो कृति समाजको प्रशंसा गर्नुभएको थियो। उहाँले हामी र हाम्रो कृति समाज मोफसलमा रहेका स्रष्टाहरूको समेत अभिभावक भएर उहाँहरूका कृति प्रकाशन गरिरहेकोमा आफू गौरवान्दित भएको कुरा बताउनुभएको थियो।
कार्यक्रममा सुभद्रा अधिकारीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने हामी र हाम्रो कृति समाजका सचिव बद्री उप्रेतीले कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो।
कार्यक्रममा हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीज्यूले शुभकामना मन्तव्य राख्दै हामी र हाम्रो कृति समाजले गरेको कार्य निकै प्रशंसनीय रहेको कुरा बताउनु भएको थियो।
कार्यक्रम हामी र हाम्रा कृति समाजका सदस्य नवराज नवशिलाले सञ्चालन गर्नुभएको थियो।
हामी र हाम्रो कृति समाजले साधारण सदस्यहरूबाट सदस्यता शुल्क बापत उठाएको रकमले यो कार्यक्रम गर्न सम्भव भएकोले सम्पूर्ण सहयोग गर्ने र सदस्य बन्ने स्रष्टाहरुलाई संस्थाका अध्यक्ष मदन नेपाल ज्यूले धन्यवाद व्यक्त गर्नुभएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow