साहित्य सदनद्धारा हृदयचन्द्रसिंह सम्मान नेपाललाई प्रदान गर्ने

निर्णय संस्थाका अध्यक्ष प्रा.डा.हेमनाथ पौडेलको अध्यक्षतामा बसेको २७ गतेको बैठकले  गरेको  जानकारी संस्थाद्धारा जारी प्रेस विज्ञप्तिमा

Feb 11, 2025 - 18:12
Feb 11, 2025 - 18:16
 0  26
साहित्य सदनद्धारा हृदयचन्द्रसिंह सम्मान नेपाललाई प्रदान गर्ने
शारदारमण नेपाल


माघ २९,काठमाडौँ,नेपालबोर्डर । साहित्य सदन नेपालले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दैछ । फागुन ४ गते हृदयचन्द्रसिंह प्रधानको जन्मजयन्तीको दिन हो । सदनले सधै यस दिनमा आफ्नो स्थापनाको बार्षिक कार्यक्रम गर्दै आएको छ ।

यसै दिन हृदयचन्द्रसिंह प्रधानका नाममा स्थापित सम्मान एक जना प्रतिष्ठित स्रष्टालाई अर्पण गर्दै आएको छ । यसै सन्दर्भमा साहित्यकार शारदारमण नेपाललाई नगद राशि सहित सम्मान गर्ने निणर्य गरेको छ । उक्त निर्णय संस्थाका अध्यक्ष प्रा.डा.हेमनाथ पौडेलको अध्यक्षतामा बसेको २७ गतेको बैठकले  गरेको  जानकारी संस्थाद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 
साथै यहि आउदो फागुन ४ गते दिनको १२ः३० बजे सदनको कार्यालयको भवनमा भव्य कार्यक्रमको तयारी भइरहेको हामीलाई जानकारी भएका छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow