साहित्यकार/पत्रकार बी.के.पाल्पालीको चौथो वार्षिक स्मृतिमा ‘मेरो हजुर’ शोककाव्य लोकार्पण

नेपाली भाषासाहित्य र पत्रकारिता मार्फत गरेको योगदान, कम उमेरमा पाल्पाली गुमाउँदा ठूलो क्षति भएको र उहाँको स्मृतिमा लेखिएको शोककाव्यले अझैँ जिवन्तता दिएको

Mar 2, 2025 - 08:59
 0  35
साहित्यकार/पत्रकार बी.के.पाल्पालीको चौथो वार्षिक स्मृतिमा  ‘मेरो हजुर’ शोककाव्य लोकार्पण

 फागुन १८,काठमाडौंँ,नेपालबोर्डर । साहित्यकार तथा पत्रकार बी.के.पाल्पालीको चौथो वार्षिक स्मृति दिवसका सन्दर्भमा काव्यघर नेपाल मिडिया प्रा.लि र झ्याउरे छन्दलय कविता लेखन पुनजार्गरण अभियानको संयुक्त आयोजनामा फागुन १७ गते काठमाडौँको अनामनगरस्थित सामाजिक विकास भवनको सभाकक्षमा रेणुका भट्टराई ‘मञ्जरी’द्वारा लिखित ‘मेरो हजुर’शोककाव्यको लोकार्पण र झ्याउरे वृहद् छन्दलयका कविता वाचन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्याय विशेष अतिथि प्रा.डा हेमनाथ पौड्ललगायत अतिथिहरुले संयुक्त कृति लोकार्पण गर्नु भयो । प्रमुख अतिथिबाट व्यानर पढेर उद्घाटन भएको थियो । 


कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष तथा अभियन्ता रेणुका भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा आमान्त्रित व्यक्तित्वलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । 
कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै विशेष अतिथि प्रा.डा हेमनाथ पौडेलले शोककाव्य लेखेर श्रीमानलाई थप अमर बनाउँने कार्य गरेको बताउँदै झ्याउरे छन्दलयमा लेखिएको शोककाव्य नेपाली वाङ्मयलाई उपहार भएको र यसकाव्यमा बी.के जी र रेणुकाको व्यक्तिगत जीवनका  १८ वर्षको सहयात्राका कठिन यात्रा र सुखद् दुवै समेटेको माला हो भन्नुहुदै शोकलाई लयमा उनेन्ने प्रयास राम्रो रहेको बताउँदै अभियानको पहिलो कृति भएकोमा शुभकामना दिनु भयो ।

कार्यक्रममा विभिन्न अतिथिहरुले शुभकामना सहित पाल्पालीलाई श्रद्धासुुमन प्रकट गर्नु भएको थियो । कार्यक्रममा वृहत छन्दलय कविता बाचन गरिएको थियो ।  साहित्यकार गंगा कर्माचार्य पौडेल,पेशल लुइँटेल,अमर अधिकारी,रणबहादु्र वुढाथोकी,गंगा खतिवडा, शान्ति पौडेल,चन्द्रा न्यौपाने,अरुण नदी खत्री, कल्पना भट्टराई, भुवन भट्ट, प्रा.डा घनश्याम पुडासैनी शमशेर वहादुर न्यूछँ प्रधान आदिले रचना बाचन गर्नु भएको थियो । 


कार्यक्रमा प्रमुख अतिथिको मन्तव्य दिनु हुदैँ जगतप्रसाद उपाध्यायले साहित्यकार तथा पत्रकार बी.के पाल्पालीको योगदानको चर्चा गर्देै चौथो वार्षिक स्मृति दिवसका सन्दर्भमा उहाँले नेपाली भाषासाहित्य र पत्रकारिता मार्फत गरेको योगदानको प्रशंसा गर्दै कमउमेरमा उहाँलाई गुमाउँदा ठूलो क्षति भएको बताउँदै उहाँको स्मृतिमा लेखिएको शोककाव्यले उहाँलाई अझैँ जिवन्तता दिएको बताउँनु भयो ।

शोकलाई शक्तिमा रुपान्तरण गरि निरन्तर क्रियाशिल रेणुका ‘मञ्जरी’लाई शुभकामना दिनुभयो । आयोजक संस्था काव्य घर नेपाल मिडियाका संस्थापक अध्यक्ष राजकुमार खड्गाको सञ्चालन रहेको कार्यक्रम सभापतिबाट सभा विसर्जन भएको थियो । कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्वको उल्लेख्य उपस्थिति रहेको  थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow