‘सपनीमा नआऊ तिमी ’गीत लोकार्पित

Feb 17, 2025 - 22:08
 0  7
‘सपनीमा नआऊ तिमी ’गीत लोकार्पित

फागुन ५ , काठमाडौँ नेपालबोर्डर ।  साहित्यिक पत्रकार संघले गीतकार तथा शब्दपथकर्मी सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा लिखित सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर रहेको गीत ‘सपनीमा नआऊ तिमी ’लोकार्पण गरेको छ । 

प्रा.डा. सुरेन्द्र के.सी. को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उहाँले उक्त गीतको संस्करणको   You Tube  PLAY BUTTON थिचेर लोकार्पण गर्नु भएको हो। 

लोकार्पणपछि सङ्ग‌ीतकार तथा गायक सन्तोष श्रेष्ठले गीत‌कारले लेखेका शब्दहरूलाई सङ्गीतकार र गायकले मूर्त बनाउने काम गर्छ भनी सपनीमा नआऊ तिमी गीतकारले कुन उमेरमा लेखेका होलान् भन्ने जिज्ञासा व्यक्त गर्नु भयो।  

त्यसपछि उपस्थित साहित्यकारहरू किशोर पहाडी, ठाकुर शर्मा भण्डारी र युवराज मैनालीले लोकार्पित गीत सुनेर आ(आफूलाई परेको प्रभाव बारे प्रतिक्रिया व्यक्त गर्नु भयो ।

कार्यक्रममा गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले सुभाषचन्द्र पौडेलले मनमुटुबाट गीत लेख्नु भएको कुरा ठोकुवा गर्नु भयो । 

हाल अस्ट्रेलियामा रहेका गीतकार भीमफेदीयाले प्रविधि मार्फत् यसरी आफ्नो अनुपस्थितिमा पनि गीत लोकार्पित भएकोमा खुशी व्यक्त गर्नु भयो।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न  लोकार्पण कार्यक्रममा प्रमुख अतिथि प्राडा। के सीले अहिलेको प्रविधिको कारण यस्तो लोकार्पण कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । 

शब्दपथकर्मी मुरारि सिग्देलद्वारा सञ्चालित एक घण्टा समयावधिको उक्त कार्यक्रमको सम्पूर्ण छायाङ्कन अविरल साहित्य यात्राका रुद्र अधिकारीद्वारा गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow