श्रीसुपूर्णेश्वर भजन मण्डल भक्तपुरको भजन यात्रा काभ्रेमा

Nov 10, 2024 - 10:39
 0  13
श्रीसुपूर्णेश्वर भजन मण्डल भक्तपुरको भजन यात्रा काभ्रेमा

कार्तिक २५,भक्तपुर, नेपालबोर्डर । श्री सुपूर्णेश्वर भजन मण्डल भक्तपुरको आयोजनामा काभ्रे जिल्ला नववुद्ध नगरपालिकास्थित दाप्चामा रहेको श्री भीमसेन मन्दिरमा भ्रमण कार्यक्रम भएको छ । भीमसेनको स्थापना नेपाल सम्वत् ८७४ मा भक्तपुर तेखाचो टोलका धनसिं भारोको परिवारले गरेको जानकारी यहाँंस्थित शिलापत्रहरुमा उल्लेख भएको छ ।

भ्रमणको नेतृत्व आयोजक भजन मण्डलका वयोबृद्ध ८६ वर्षका नाइके कृष्णहरि श्रेष्ठले गर्नुभएको हो । 
प्राकृतिक अति रमणीयस्थल मन्दिरको प्रांगनमा भएको यस कार्यक्रममा कला, संस्कृति भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष डा इन्दुल केसी लगायत विभिन्न गायक गायिकाहरुले विभिन्न बाद्यसाधन प्रयोग गरी सुमधुर संगीतमय भजन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा इतिहासविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठ, इतिहासकार लेखक विनोदराज शर्मालगायत ५० जना भक्तजनहरुको सहभागिता रहेको थियो । 
सर्वप्रथम श्री भीमसेनको पूजा अर्चना यसै भजनका रामभक्त गणेजूले गर्नुभएको थियो । उपस्थित सवैलाई टीका, फूल, प्रसादको साथै भोजनको व्यवस्था उक्त भजनमण्डलले गरेको थियो । यस भजन मण्डलले बेलाबेलामा यस्तै प्रकारको भ्रमण भजन कार्यक्रमहरु विभिन्न स्थानमा गई सञ्चालन गरिआएको जानकारी यसै भजनका रामहरि गणेजूले बताउनुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow