लोमश वाङ्मयको मुक्तक विशेष सम्पन्न 

Feb 9, 2025 - 13:01
Feb 9, 2025 - 13:02
 0  19
लोमश वाङ्मयको मुक्तक विशेष सम्पन्न 


     

माघ २७,काठमाडौँ, नेपालबोर्डर । जयराम बिडारी / लोमश वाङ्मय प्रतिष्ठानले आफ्नो नियमित मासिक कार्यक्रम अन्तर्गत मुक्तक विशेष शृङ्खला सम्पन्न गरेको छ । राजधानीस्थित प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजमा सम्पन्न सो समारोहका प्रमुख अभ्यागत थिए मुक्तक प्रवर्धनमा आफूलाई समर्पित गरेका चर्चित मुक्तककार तथा मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष रामकाजी कोने । त्यसैगरी विशेष पाहुनाको भूमिकामा थिए सुशासन तर्फ पुरस्कृत बेनीघाट रोराङ गाउँपालिका प्रमुख कृष्णबहादुर थपलिया (विवेक) । त्यसैगरी प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजका प्राचार्य कमल ज्ञवाली,नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेल, सेवा निवृत्त शिक्षक समाज, लमजुङका अध्यक्ष खुसीराम डौलिया, चर्चित प्रगतिवादी साहित्यकार केशव पुडासैनी बिमल हातेमालो साहित्य अभियानका अध्यक्ष सुनिल अधिकारी, मुक्तक मञ्च नेपाल, काठमाडौँका अध्यक्ष राजेन्द्र घिमिरे सागर त्रिशूली वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष तथा लोकप्रिय नियात्राकार राजेन्द्रमान डङ्गोल लगायत मूर्धन्य व्यक्तित्वहरू अतिथिको भूमिकामा समासीन थिए भने लोकार्पित बालकथासङ्ग्रह ‘समानान्तर पृथ्वी’ का परिचर्चाकार देवराज सिम्खडा पनि अभ्यागत रहेका थिए । 

कार्यक्रमको पहिलो सत्रमा मार्स अम्गाईद्वारा लिखित ुसमानान्तर पृथ्वीुको सार्वजनीकरण तथा परिचर्चा गरिएको थियो । कृतिमाथि परिचर्चा गर्दै सुपरिचित बालसाहित्यकार देवराज सिम्खडाले कृति भाषागतरूपमा परिष्कृत, चिन्तनगतरूपमा नवीन र विषयगतरूपमा फराकिलो भएको बताए । बालकहरूले त पढ्नै पर्ने कृति रहेको जिकिर गर्दै उनले बालकथाकार मार्सलाई थप कृति प्रकाशन गर्न हौस्याए । 

लगत्तै सुरू भएको दोस्रो सत्रमा सर्वप्रथम विशेष अतिथिका रूपमा लीलाराज दाहाल, ममिला पौडेल आस्था, राजेन्द्र घिमिरे ुसागरु, सुनिल अधिकारीले आआफ्ना मुक्तक वाचन गरे । त्यसपछि सुनिल अधिकारीले मुक्तक लेखन सम्बन्धी सङ्क्षिप्त प्रशिक्षणात्मक मन्तव्य दिए । 
अन्य सर्जकहरूमा हरिप्रसाद घिमिरे, नवीन पल्लव, अञ्जु तिमल्सिना घिमिरे, कमला घिमिरे अधिकारी, अप्सरा के।सी।, शोभा शरभ, रूबि सत्याल,अमर अधिकारीलगायत अढाइ दर्जन थिए । प्रारम्भ वर्ल्ड स्कुलका छात्रछात्राका साथै भानु माविका छात्रले बेजोड पनि रचना वाचन गरेका थिए । 

प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ’अटल’ले सम्पूर्ण अभ्यागतहरूलाई स्वागत गर्दै  । उनले आफूहरूले विधा विशेष कार्यक्रम सञ्चालन गर्ने मात्र नभई ओझेलमा परेका स्रष्टाका पुस्तक परिचर्चा गर्ने तथा यथाशक्य प्रकाशन गर्ने प्रतिबद्धता दोहोर्‍याए । विशेष अतिथि स्थानीय तहका जनप्रतिनिधिलाई इङ्गित गर्दै उनले साहित्यकारलाई दिन खोजिएको सम्मान स्तुत्य भएको तर्क गरे । 
विशेष अभ्यागतका रूपमा निम्त्याइएका कृष्णबहादुर थपलिया ‘विवेक’ले आफू गाउँले गोठालो, जनयुद्धमा जनसेना हुँदै गाउँपालिकाको नेतृत्वमा आएको र कला, साहित्य र संस्कृतिप्रति समर्पित भएको बताए । आफूले लोकप्रिय स्रष्टाहरूलाई आफ्नो गापामा स्वागत गरी बृहत् अन्तरक्रिया आयोजना गर्न लागेको स्पष्ट पारे । 

प्रमुख आमन्त्रित व्यक्तित्व रामकाजी कोनेले मुक्तकका तत्त्वहरू र संरचनाबारे प्रस्ट पारे । उनले निकै चोटिला केही थान मुक्तक पनि वाचन गरे । कमला घिमिरे अधिकारीले सहजीकरण गरेको उक्त कार्यक्रमलाई अध्यक्षको अनुमतिले उनैले समापन भएको घोषणा गरिन् । समापनअघि अर्को शृङ्खला लघुकथा विशेष भएकाले आगन्तुकहरूलाई यथाशक्य लघुकथा लिएर उपस्थित हुन र नभए अन्य रचना लिएर आउन उनले आग्रह गरिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow