राष्ट्रिय कविता महोत्सवको गरिमा समाप्त पारेकोमा सर्वत्र विरोध

Jun 16, 2023 - 22:31
Jun 17, 2023 - 16:59
 1  390
राष्ट्रिय कविता महोत्सवको गरिमा समाप्त पारेकोमा सर्वत्र विरोध
राष्ट्रिय कविता महोत्सवको गरिमा समाप्त पारेकोमा सर्वत्र विरोध
राष्ट्रिय कविता महोत्सवको गरिमा समाप्त पारेकोमा सर्वत्र विरोध

असार १ काठमाडौ ,काव्य घर नेपाल /नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवका दिन असार ९ गते प्रतिवर्ष राष्ट्रिय कविता महोत्सव र अन्तर्राष्ट्रिय मातृभाषा दिवस फेब्रुअरी २१ ९फागुन ८÷९० का दिन मातृभाषा कविता महोत्सव गर्दै आएकोमा यस वर्षदेखि नयाँ प्राज्ञ परिषद्ले नेपाली भाषाका कविता महोत्सवलाई बन्द गरी असार ९ गते पनि मातृभाषाकै कविता प्रतियोगिता गराउने जुन निर्णय गरेको छ त्यसको सर्वत्र विरोध भइरहेको छ । राष्ट्रिय कविता महोत्सव एउटा गरिमा र गौरव बोकेको महोत्सव हो । यो २०२२ सालदेखि युगकवि सिद्धिचरण श्रेष्ठ काव्य विभाग प्रमुख भएका बेला प्रारम्भ भई निरन्तर सम्पन्न हुँदै आएको छ । वर्तमान प्राज्ञ परिषद्ले फेब्रुअरी २१ का दिन गरिने मातृभाषा कविता महोत्सवलाई प्रभावकारी बनाउनुको साटो असार ९ मा गरिने नेपाली भाषाका कविताको महोत्सवका ठाउँमा बहुभाषिक कविता प्रतियोगिता नै गर्ने मूर्खतापूर्ण कार्य गरेको छ । यसो गर्नुको पछाडि नेपाली भाषामाथि निरन्तर प्रहार गर्दै आएको वर्तमान प्राज्ञ परिषद्को अरू कुनै उद्देश्य नभएर नेपाली भाषा र साहित्यलाई अपमान गर्ने र सञ्कुचित पार्ने कुत्सित मनसायबाहेक अरू केही होइन भन्ने आलोचना भइरहेको छ ।

यस सन्दर्भमा साहित्य सन्ध्याका अध्यक्ष रामविनयले केही दिनअघि संस्थाका तर्फबाट एक विज्ञप्ति प्रसारण गर्दै बहुभाषिक कविता महोत्सव छुट्टै दिन हुने व्यवस्था हुँदाहुँदै यसलाई पनि बहुभाषिक पारेर नेपाली भाषाका कविताको महोत्सवलाई नमास्न र निरन्तरता दिन माग गरेका छन् भने साहित्यकार कृसु क्षेत्रीले आफ्नो फेसबुकवालमा टिप्पणी लेख्दै वर्तमान प्राज्ञ परिषद्ले राष्ट्रिय कविता महोत्सवको गरिमालाई समाप्त पारेकोमा चिन्ता व्यक्त गरेका छन् । त्यस्तै गरी अर्का साहित्यकार गोविन्द गिरी प्रेरणाले पनि अमेरिकाबाट अनलाई पत्रिकामा एउटा लामो लेख प्रकाशित गरी राष्ट्रिय कविता महोत्सवको इतिहास र गौरवको संस्मरण गराउँदै यसलाई बन्द गराएकोमा चिन्ता व्यक्त गरेका छन् ।

 नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद्का पूर्व सदस्य एवं काव्य विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेलले आफ्नो फेसबुक वालमा प्रसारित एउटा लामो टिप्पणीमा नेपाल प्रज्ञा प्रतिष्ठानको वर्तमान नेतृत्वले एकपछि अर्को गर्दै शृङ्खलाबद्ध रूपमा नेपाली भाषामाथि प्रहार गर्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रिय कविता महोत्सवको गौरवमय परम्परालाई समाप्त पार्नु पनि यसकै एउटा कडी भएको उल्लेख गरेका छन् । उनले वर्तमान प्राज्ञ परिषद्ले गर्न लागेको बहुभाषिक रचनाका बिचको प्रतियोगिता व्यावहारिक र न्यायिक पनि हुन नसक्ने र गरिए पनि सही मूल्याङ्कन हुन नसक्ने उल्लेख गरेका छन् ।

 

यसै गरी अभिव्यक्ति साहित्यिक मासिक पत्रिकाले जेठ ४ गते आयोजना गरेको एक भेलामा उपस्थित साहित्यकारहरू शङ्कर शाह, रोचक घिमिरे, चन्द्रप्रसाद शर्मा, वासुदेव गुरागाईँ, देविका तिमल्सिना, विनोद नेपाल, जयबहादुर घिमिरे, मणिकुमार पोखरेल, रोहित सैंजु, शङ्कर भारती, ज्ञाननिष्ठ ज्ञवाली, रामप्रसाद पन्त, राजेशमान केसी, त्रिभुवनचन्द्र वाग्ले, सुभाषचन्द्र पौडेल, विष्णुप्रसाद शर्मा पराजुली, शङ्ककुमार राई, विष्णुबहादुर सिंह आदिले एक विज्ञप्ति प्रसारण गर्दै वर्तमान प्राज्ञ परिषद्का नेपाली भाषाविरोधी गतिविधिको विरोध गरेका छन् । उनीहरूले वर्तमान प्राज्ञ परिषद्लाई नेपाली भाषालाई यसरी होच्याउने, अपमान गर्ने र भाषिक वितृष्णा फैलाउने जस्ता कुत्सित कार्य नगर्न भनेका 

सबै भाषाकोे साझा प्रज्ञा प्रतिष्ठान बनाउने, कसैको बढी र कसैको घटी हुन नदिने र तजबिजीलाई समाप्त पार्ने नारा दिने वर्तमान कुलपति राईको नेपाली भाषाविरोधी कुत्सित मनसायलाई अनुमोदन गर्दै कविहरूले कविता पठाएको दाबी गर्ने वर्तमान प्राज्ञ परिषद्को बहुभाषिक कविताका बिच प्रतिस्पर्धा गराएर साच्चिकैको महोत्सव गर्छौँ भन्ने कुरालाई नेपाली कविहरूले मूर्खतापूर्ण कार्य भनेका छन् । उनीहरूले हाल नेपालमा बोलिने १२४ ओटा भाषाका कविता बिच प्रतिष्पर्धा गराई १० ओटालाई पुरस्कृत गरेर सबैलाई बराबर स्थान दिन्छौँ भन्नु बहुलट्ठीपूर्ण र हास्यास्पद कुरा हो भनेका छन् । उनीहरूले यो प्रतियोगिताका नाममा नाटकबाहेक केहि दिन नसक्ने पनि बताएका छन् ।

सबै बहुभाषिक कविता रचनाको मूल्याङ्कन कर्ता एउटै हुन नसक्ने, अनुवाद गरिएकाबाट मूल्याङ्क गर्दा सम्बन्धित भाषाको भाव, भाषा र लयको मौलिकता अनुवाद प्रतिमा नउत्रने भएबाट यस्तो प्रतियोगिताको सही मूल्याङ्कन नै हुन नसक्ने हुन्छ । १० ओटा भाषाका कवितालाई तजबिजीका आधारमा छानी पुरस्कार दिनुबाहेक अरु विकल्प नहुने हुँदा सही मूल्याङ्कन भई न्यायपूर्ण निर्णय हुन नसक्दा यसले विवादको रूप लिने विज्ञहरू बताउँछन् । प्रतियोगिताका लागि कविता बुझाएका एकजना मातृभाषी कविले नाम नखुलाउने सर्तमा आफूले निष्पक्ष होला भनेर कविता बुझाएको तर यस्तो चाला बुझेपछि कविता पठाउन गल्ती गरेको बताए ।

 

उता वर्तमान प्राज्ञ परिषद्को गठन किर्ते प्रक्रियाबाट भएको र ऐनबमोजिमका तोकिएका विषय विज्ञहरू पनि परिषदमा नपारेको भनी नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ । वर्तमान प्राज्ञ परिषद्को गठन गत फागुन ३ गते भएको थियो । सो गठनका लागि बसेको छनोट समितिको बैठकका बेला समितिका अध्यक्ष भाइरल मन्त्री सुदन किराती मोरङ्म र झापाका कार्यक्रममा रहेका र यता किर्ते गरी नियुक्ति तयार गरिएको र मन्त्रीले व्याकडेटमा सही गरी बैठकभत्तासमेत लिएका थिए । उनले हवाइजहाजमा विराटनगर गएको आएको टिकटका साथै माइन्युट सहितको सबुद प्रमाणसहितको समाचार पत्रिकामा यसअघि प्रकाशित भएको थियो । वर्तमान प्राज्ञ परिषद्का कुलपति राईका नेपाली भाषाविरोधी यस्तै गतिविधि र जातिगत सद्भाव भड्काउने अभिव्यक्तिले यतिखेर नेपाल प्रज्ञा प्रतिष्ठान विवादमा फसेको छ र प्रतिष्ठानको उचाइ पनि खस्केको छ । नाम नबताउने सर्तमा हालका एकजना प्राज्ञले भने वर्तमान प्राज्ञ परिषद्मा मन्त्री सुदन किरातीका आफन्त भएकाले पनि कुलपति राईले मन्त्रीए जे जे भनेनी त्यही मान्नुपर्ने बाध्यता भएकाले आफूहरू निरीह भएका छौँ ।

 

उता सर्वोच्चमा परेको नियुक्ति बदरसम्बन्धी मुद्दाको पेसी भने यही असार ४ गते तोकिएको छ । यसअघि पनि वर्तमान परिषद्ले गरेको आजीवन सदस्यता खारेजीको निर्णय विरुद्ध सर्वोच्चमा मुद्दा परी अदालतले आजीवन सदस्यताबापतको भत्ता नरोक्न आदेश गरेको थियो । यस्ता कार्यले वर्तमान प्राज्ञ परिषद् सर्वत्र आलोचना र विवादको घेरामा परेको छ ।

वर्तमान प्राज्ञ परिषद् सर्वत्र आलोचना र विवादको घेरामा परेको छ । मन्त्री किरातीले एकात्मक नष्लबादिको पोल्टामा एकेडेमी रहयो भनेर आफ्नै दाजुभाइ भतिजी भतिजा र एक जातीय खलकको बहुसंख्यक परिषद गठन गरेर कवि साहित्यकारको अपमान समेत गरेका छन ।कवि लेखक नेताहरूको दास बन्न हुदैन।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि