मदरल्याण्डद्वारा आयोजित ईप्सन हिज्जेमा यूनिटी प्रथम, ईडेन द्धितीय

Jun 16, 2024 - 17:15
Jun 16, 2024 - 17:16
 0  11
मदरल्याण्डद्वारा आयोजित ईप्सन हिज्जेमा यूनिटी प्रथम, ईडेन द्धितीय


जेठ २,काठमाडौं,काव्य घर / ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता–२०८१ सम्पन्न भएको छ । हिज्जे प्रतियोगिता यूनिटी स्कुलप्रथम, ईडेन गार्डेन स्कुल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन स्कुलले स्वान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।
भक्तपुर जिल्लामा आफूलाई अब्बल रूपमा सावित गर्दै आएको ११ वटा स्कुलहरुको सामुहिक समूह एडिफाई प्राइभेट स्कुल अर्गनाइजेशन नेपाल (ईप्सन) ले सदस्य स्कुलहरुको विकास र विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि विविधकार्यक्रमगर्दै आएको छ ।

 ईप्सन भक्तपुरमा क्वालिटी स्कुल, सूर्योदय सेकेन्डरी स्कुल, मदरल्याण्ड स्कुल, हिमाल एकेडेमी, ग्लोबल एकेडेमी, पारिजातविद्याकुन्ज, सेन्ट जोन स्कुल, ईडेन गार्डेन, यूनिटी स्कुल, विमल मेमोरियल विद्यापीठ र नगरकोट सनराइज रहेका छन् ।
निकैनै उत्कृष्ट रूपमा सम्पन्नभएको हिज्जे प्रतियोगितामा आयोजक मदरल्याण्ड स्कुलले सहभागिताजनाएको थिएन ।

 

प्रतियोगितामा ९ वटा स्कुलकाकक्षा ६ देखि ८ काविद्यार्थीहरु ४ जनाको समूहले प्रतिष्पर्धा गरेकाथिए । कार्यक्रम डोलेश्वर भिलेज रिसोर्ट सुनपा–८ सिपाडोलको हलमा सम्पन्नभएको उक्तहिज्जे प्रतियोगिता सञ्चालन मदरल्याण्ड स्कुलका राधेश्याम केसी, संजय कासुला, दिलदेवी देउला, विद्याअधिकारी र प्राविधिकमा राधेश्याम कासुला समेतको शिक्षक टिमले गरेकाथिए ।
कार्यक्रममा ईप्सनका सचिव विजय कर्माचार्यले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा थप हौसलाप्रदान गरेको बताए । त्यसैगरी, ईप्सनभक्तपुर अध्यक्षजिबी खड्काले मदरल्याण्ड स्कुलले निकै नै व्यवस्थित र अनुसरणीय कार्यक्रमगर्न सफलभएकोमाशुभेच्छा व्यक्तगर्दै विद्यार्थीहरुको सफलता नै ईप्सनको जितभएको बताए । समापन कार्यक्रममा सबै सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र, विजेता विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । मदरल्याण्डको कार्यकारी सञ्चालकशर्मिला देउजाले ईप्सनका सबै पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरेकी थिईन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि