बेलबारी प्रज्ञा-प्रतिष्ठानद्वारा बहुभाषी कविता गोष्ठी सम्पन्न

बेलबारी प्रज्ञा- प्रतिष्ठानले अध्यक्ष रेखा सुवेदीकाे अध्यक्षतामा बहुभाषी कविता गाेष्ठी सम्पन्न गरेकाे छ ।

Feb 8, 2025 - 18:00
Feb 9, 2025 - 07:52
 0  16
बेलबारी प्रज्ञा-प्रतिष्ठानद्वारा बहुभाषी कविता गोष्ठी सम्पन्न
राजकुमार खड्गा

माघ २६ , मोरङ ,नेपालबोर्डर  राजकुमार खड्गा / बेलबारी प्रज्ञा- प्रतिष्ठानले अध्यक्ष रेखा सुवेदीकाे अध्यक्षतामा बहुभाषी कविता गाेष्ठी सम्पन्न गरेकाे छ । उक्त कार्यक्रममा बाेल्दै अध्यक्षले बेलबारी नगरभित्रका भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, विकास र विस्तार गर्न/गराउन प्रतिष्ठान लागि परेकाे बताइन् ।

 कार्यक्रमका प्रमुख अतिथि बेलबारी प्रज्ञा-प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनुभएका बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बताउनुभयो । विशिष्ट अतिथि प्रतिष्ठानकी संरक्षक तथा उपप्रमुख नितु थापा कोइरालाले साहित्यले मनोरञ्जन मात्र होइन ज्ञान पनि दिने भएको हुनाले साहित्यको प्रवर्धन गर्नुपर्ने बताउनुभयो ।

 प्रेम गुरुङले गुरुङ, शिवनारायण पण्डित सिङ्‌गलले मैथिली, शिव छाङछा र पारुहाङ राईले बान्तावा, हुपेन्द्र भण्डारीले संस्कृत, सन्देश तामाङ र भावना तामाङले तामाङ, सरिता तुलाधर र बाल कवि तरुसा प्रधानले नेपाल भाषा (नेवारी), कलावती खवासले खवास, सुधार्नी राजवंशी, राजासाहेव राजवंशी र टङ्‌क राजवंशीले राजवंशी, सरस्वती याखाले याखा, अस्मिता उरावले उराव, भुवन कार्कीले अङ्‌ग्रेजी, शिव पराजुलीले हिन्दी, दुखनी दनुवारले दनुवार, दिप मङ्‌ग्राती, विनोदकुमार चापागाईँ, युसन सापकोटा, शान्ता न्यौपाने, तीर्थराज सिग्देल, जुनु बुढाथोकी, फणिन्द्रप्रसाद निरौला, लक्ष्मी रेग्मी सुवेदी, मैया विश्वकर्मा र टीकाराम कार्कीले नेपाली खस, शेरबहादुर खपाङ्‌गी मगरले मगर, चक्र लोहोरुङले लोहोरुङ, सञ्जीव धिमाल, टीका धिमाल र सन्दिरा धिमालले धिमाल भाषामा कविता/ गीत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जेबी थुलुङ, भूपेन्द्रप्रसाद कोइराला, रमेश निरौला, केशु विरही, नवशीला, भगवती श्रेष्ठ, कविन्द्रराज धिमाल अतिथि थिए । सयको हाराहारीमा उपस्तिथि रहेकोे कार्यक्रम बेलबारीका भुवन कार्कीको `मलाई पनि´ बोलको गीत बेलबारी नगरपालिकाको बेतना सभाकक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कुलप्रसाद बराल, कार्यक्रममाथि प्रकाश उपाध्यक्ष मनकुमार गुरुङको रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow