बिर्तामोडमा सम्पन्न गजल साँझ तथा बृहत कवि सम्मेलनको चौतर्फी आलोचना 

असार २९ मा हस्तान्तरण हुने उक्त पुरस्कार लेखन प्रतिष्ठा र योगदानका आधारमा नभइ मन्त्री निकट दल र यस्तै चलखेलवाला बिचौलियाहरुको सिफारिसमा प्रदान गरिने तयारी रहेको छ ।

Jul 5, 2023 - 08:05
Jul 9, 2023 - 22:57
 1  425
बिर्तामोडमा सम्पन्न गजल साँझ तथा बृहत कवि सम्मेलनको चौतर्फी आलोचना 

असार २०, झापा, काव्य घर नेपाल/साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोड –१ झापाको आयोजना र सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा प्रादेशिक कवि सम्मेलन कार्यक्रम भएको छ । सम्मेलनमा कोशी प्रदेश स्तरीय कवि र गजल सााँझ सम्मेलन कार्यक्रम भनिएता पनि बिर्तामोड आसपास र मोरङका केहि प्रदेश सरकार निकटका पार्टीका नेताहरुको भेला जस्तो उक्त कार्यक्रममा डेढ दर्जन जति लेखक साहित्यकारको उपस्तिथिमा कार्यक्रम सप्पन्न गरिएको छ । 

साहित्य कला संस्कृति प्रतिष्ठानकी अध्यक्ष भगवती ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि  इटहरीका डा.टंकप्रसाद न्यौपाने हुनुहुन्थ्यो । कविहरु दुर्गा खतिवडा,अम्बिका सम्बाहाम्फे, हेम अधिकारी, राजेन्द्र संग्रौला,गोपिकृष्ण खतिवडाले शुभकामना र रचना प्रस्तुत गर्नुभयो । प्रदेश स्तरीय कार्यक्रम भनिएर ब्यानर टाङ्गिए पनि कार्यक्रममा भने सिमित ब्यक्तिहरुको उपस्थितिमा आयोजना सम्पन्न गरिएकोमा वास्तविक कवि लेखकहरुले चौतर्फी बिरोध गरेका छन । यस्तो परम्परा केन्द्रीय देखि प्रदेशमा हुनु कुनै आश्चर्य होइन ।


प्रदेश स्तरीय यस किसिमको कार्यक्रमका लागि बजेट निकासा गराउने र आफू निकट र आफुलाई प्रमुख अतिथि बनाउने समुहलाई आयोजनाका लागि प्रदेश सरकारका कार्यक्रममा टंक न्यौपानेको ठुलो चलखेल उनी बिचौलियाको भुमिकामा रहने गरेका छन । बिगत सालहरुमा पनि भानु जयन्तीको अवसरमा प्रदान गरिने प्रदेश स्तरीय स्रष्टा सम्मान कार्यक्रमहरुमा यी नै टंकप्रसाद न्यौपानेले आफू निकटका कवि लेखक साहित्यकारहरुको नाम सिफारिस गराउने र त्यै अनुसार सामाजिक बिकास मन्त्रालयबाट  पुरस्कार प्रदान गर्न दबाब दिने गरेको कोशी प्रदेशका सामाजिक बिकास मन्त्रालयका नाम नबताउने सर्तमा एक कर्मचारीले बताए र यो साल पनि उनको चलखेल अपत्यारिलो ठङ्गले देखिएको छ । गजलको ग समेत नजान्ने व्यक्तिलाई प्रमुख अतिथि बनाउँनुले आयोजक संस्था प्रति गम्भिर प्रश्न उठेको छ । सामाजिक सन्जालमा यसको व्यापक विरोध भइरहेको छ । बिगत झै यो साल असार २९ मा हस्तान्तरण हुने उक्त पुरस्कार लेखन प्रतिष्ठा र योगदानका आधारमा नभइ मन्त्री निकट दल र यस्तै चलखेलवाला बिचौलियहरुको सिफारिसमा प्रदान गरिने तयारी रहेको छ ।
सामाजिक बिकास मन्त्रालय कोशी प्रदेशको आयोजनामा असार २ गते  बिराटनगरमा भएको कार्यक्रममा पनि यी नै न्यौपानेको डिजाइन अनुसार कविहरुको भेला गराइ कवि गोष्ठी कार्यक्रम सप्पन्न गरिएको  थियो

 त्यस्तै  बिर्तामोड पछि अर्को प्रदेश स्तरीय कार्यक्रम असार मसान्तसम्ममा कार्यक्रम आयोजना सप्पन्न गरिसक्ने गरि यि नै बिचौलिया न्यौपानेको पहलमा  जिवन स्मृति प्रतिष्ठान दमक झापाले  मोटो रकम  निकाशा बुझि लिइ सकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि