पूर्वसभामुख ढुंगानाको निधन

Nov 18, 2024 - 05:29
 0  14
पूर्वसभामुख ढुंगानाको निधन

मंसिर ३, काठमाडौं, नेपालबोर्डर । पूर्वसभामुख दमननाथ ढुंगानाको आइतवार निधन भएको छ। कलेजो अर्बुद रोग लिभर क्यान्सरबाट ग्रसित ढुंगानाको केही समयअघि दिल्लीमा उपचार भएको थियो ।

बेलायतमा रहेका छोरा निमेष ढुंगाना स्वदेश फर्किएपछि सोमबार पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ। काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि काठमाडौंमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर उनी प्रतिनिधिसभाको सभामुख भएका थिए ।

२०४८ देखि २०५१ सम्म उनी सभामुख पदमा रहेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow