पाँचथर मेलबोटेका धरणीधर मिश्र करोडौं ठगेर बेपत्ता
स्थानीयहरुको आठ करोड भन्दा बढी रकम ठगेर फाल्गुनन्द ६ पाँचथरका धरणिधर मिस्र दम्पति बेपत्ता भएका छन ।

पौष १३, पाँचथर, राजकुमार खड्गा/नेपालबोर्डर - पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नंं ६ मेलबोटे निवासी धरणीधर मिश्रले स्थानीय आफन्तहरुको रकम विभिन्न बहानामा बिश्वास भरोसामा पारी सापटी लिदै करोडौं रकम लिएर घर व्यवहार छाडेर श्रीमान् श्रीमति नै बेपत्ता भएका छन् । गएको साल नै बिरामी भएर उपचारको बहानामा काठमाडौँ पसेका मिश्र परिवारले कयौंको घरबार नै बिलिबाठ बनाई सम्पर्क विहिन भएका छन् ।
मिश्र फाल्गुनन्द ६ साबिक आङसराङ १ मा किराना पसल सञ्चालन गर्दै आइरहेका थिए । मिश्रले लामोसमय सम्म व्यापार व्यवसाय गर्दा स्थानीयहरुको बिश्वास जितिसकेका थिए र त्यै कारण स्थानीयहरुले मिश्रलाई रकम विभिन्न बहानामा सरसापटी दिदै आएको पीडितहरुको तर्क रहको छ।
उनीहरुको बिश्वासकोे फाइदा उठाउँदै मिश्रले विभिन्न ब्यक्तिहरुसगँ एक लाख देखि तीस लाख सम्म प्रतिव्यक्ति ठगेर मिश्र दम्पती फरार छन । पीडितहरुले गाउपालिकाको वडा कार्यालय समेत उजुरी गरि छानबिन गर्दा ८ करोड भन्दा बढी रकम ठगेको प्रमाण भेटिएको वडा अध्यक्ष नारायणप्रसाद आङदेम्वेले हामीलाई बताएका छन ।
पीडितहरुको रकम लिएर मिश्रले छोरीलाई अमेरिका सम्म पठाएको हुन सक्ने र नातेदारका नाममा घरजग्गा काठमाडौँमा खरिद गरि बस्दै आएको हुन सक्ने पीडितहरुले बताएका छन् ।
त्यस्तै अर्का पीडितहरु मध्येका निलकण्ठ सापकोटाको जाहेरीले मिश्रविरुद्ध पाँचथर जिल्ला प्रहरी कार्यालय पाँचथरमा ठगी कसुर सम्बन्धि मुद्धा दर्ता भएर जिल्ला अदालत पाँचथरबाट दोस्रोपटकको पक्राउ पुर्जी समेत जारी भएको छ ।
What's Your Reaction?






