पश्चिमको खैँजडी पूर्वको बाजे कमाईं खाने भाडो सिस्नुपानी !!
पश्चिमको सम्पतीलाई पूर्वको संस्कृतिमा मिलाउनु के राम्रो कुरा हो र ? यो त अपमान हो । कि लापवाही हो ? संस्कृति विद्धको ध्यान कहाँ पुगेको हो ? कि सिस्नुपानीले वा अरु कुनैले पैसा कमाउँने खेल खेलेको हो ?

कार्तिक १९,काठमाडौँ, नेपालबोर्डर । सिस्नुपानी देउसी यसपाली पनि उस्तै पुरानै शैलीमा सम्पन्न भएको छ । नेपाली भाषा साहित्य संस्कृतिको समृद्ध गर्नका खातिर स्थापना भएको यस संस्थाले विभिन्न समयमा हास्यव्यङ्गका विविध कार्यक्रम गर्दै आएको छ । सधै नै लक्ष्मीपुजाका दिन सिस्नुपानी देउसी खेलिने गरिन्छ । यो आफैमा सनातन हिन्दुधर्मालम्वीहरुको महान चाड दशै र तिहारमा विशेष किसिमले खेलिदै आएको छ । हामी नेपाली भाषा सस्कृति र परम्पराले विश्वमा नै धनि छौ । यस किसिमका पर्व विभिन्न किसिम र तरिकाले मनाइन्छ । पूर्वमा र पश्चिममा कही फरक भए पनि चाडको महत्व र शैली एउटै छ ।
प्रसङ्ग भर्खरै सम्पन्न सिस्नुपानी देउसीको हो । पछिल्लो समय सिस्नुपानीका कार्यगत शैलीमा भिन्नता देखापरेका छन् । नेतालाई मञ्चमा राखेर सत्तो सराप गर्दै आएको सिस्नुपानीले अहिले सम्म कार्यक्रम सम्पन्न गरेर ठूलै प्रभाव छोडेपनि समाजमा सकारात्मक सन्देश दिन सकेको छैन । यति सम्मकी सिस्नुपानीको देउसी कार्यक्रम सिस्नुपानी भित्रकै आयोजकाको कमाईं खाने भाडो बनिरहेको छ । नयाँ आयाम त परै जावस् भएका हाम्रा धर्म संस्कृतिका धरोहर प्रति गम्भिर प्रश्न उठाएका छन् ।
कहिल्यै परिवर्तन नहुने नेताको व्यवहार सिस्नुपानीमा समेत हावी हुदै गएको छ । भर्खरै मनोज गजुरैलको प्रस्तुति रहेको खैजडी भजनले झन जनमानसमा भ्रम पैदा गराई दिएको छ । खैजडी पश्चिममा बजाउँने नेपाली मौलिक सम्पती हो । कुनै पनि कार्य सकेपछि सबैजना गाउँका मानिस बसेर खैजडी बजाउँदै भजन गाएपछि मात्र कार्य सम्पन्न हुनेगर्दछ । शुभकाममा बजाउदै नाच्ने यो पश्चिमा निकै लोकप्रिय र प्रख्यात छ । तर पैसा कमाउने धन्दामा लागेको सिस्नुपानीले यति सम्म ख्याल नगरि पूर्वको बालन शैलीमा पश्चिमको खैजडी नाम जोडेर खैँजडी भजन भन्दै देउसी खेलेको हेर्ने दर्शक सुन्ने स्रोत करोड पुगेँ होलान् तर यसरी नबुझि पश्चिमको सम्पतीलाई पूर्वको संस्कृतिमा मिलाउनु के राम्रो कुरा हो र ? यो त अपमान हो । कि लापवाही हो ? संस्कृतिविद्को ध्यान कहाँ पुगेको हो ? कि सिस्नुपानीले वा अरु कुनैले पैसा कमाउँने खेल खेलेको हो । यसप्रति गम्भिर हुनु जरुरी छ ।
नाम नखुलाउँने सर्तमा सिस्नुपानीकै एक सदस्यले हामीलाई भन्नु भयो सिस्नुपानीमा चरम भ्रष्टाचार मौलायो । कार्यक्रमबाट उठेको पैसा व्यक्तिको गोजीमा जान्छ । सिस्नुपानीको खातामा जादैन । यो कार्यक्रम गर्न हामीलाई धौ धौ परेको छ । त्यसैले यसभित्रका गलतकुराले सिस्नुपानीलाई सिध्याउँछ की भन्ने चिन्ता भएको बताउँनु भयो ।
जनताका कानमा आखामा अनि मनमा प्रतक्ष्य पुग्ने सिस्नुपानीको कार्यक्रमले केही जनतालाई राहत दिन सकेको छैन । कम्तिमा सकारात्मक सन्देश प्रभाव गरेर मान्छे भित्रको सोच परिवर्तन गर्ने कार्य गरेको भए धेरै राम्रो हुनेथियो । अन्तमा यस किसिमको कार्यक्रम बन्द गरे हुन्छ । किनकी शैली पुरानै, नेता पुरानै स्रोता र दर्शक पुरानै काग कराउँदै छ पिना सु्किरहेछ । यो नियतिमा गम्भिर हुन जरुरी छ ।
What's Your Reaction?






