नेपाल प्रज्ञा– प्रतिष्ठानबाट इतिहासमा नै पहिलो कार्यक्रम हुदै

मंसिर १६,काठमाडौँ, नेपालबोर्डर । नेपाल प्रज्ञा– प्रतिष्ठानद्धारा काव्य घर नेपाल मिडिया प्रा.लि.सँगको सहकार्यमा आयोजित ‘झ्याउरे छन्दलय कविता लेखन’ विषयक विमर्श कार्यक्रम प्रज्ञा प्रतिष्ठानको देवकोटा सभाहलमा भोलि मंसिर १७ गते सोमवार हुदैंछ ।
नेपाली भाषा साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउनु हुने विशिष्ठ व्यक्तित्वहरुको विचार विमर्श रहने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा जारी निमन्त्रणा पत्रमा भोलि विहान ११ः३० बजे कार्यक्रम शुरु हुने सदस्य सचिव डा.धनप्रसाद सुवेदी मार्र्फत हार्दिक निमान्त्रणा गर्रिएको छ ।
हाम्रा लोपउन्मुख अवस्थामा रहेका मौलिक घरोहर झ्रयाउरेको संरक्षणमा सबैको आवश्यकता महशुस गरि ‘झ्रयाउरे छन्दलय कविता लेखन’ अभियान शुरु गरेको र विभिन्न जिल्लाबाट श्रुङ्खला शुरु भइसकेको अवस्थामा यस किसिमको कार्यक्रम आयोजना हुनु आफैमा महत्वपूर्ण भएको कुरा हामीलाई झ्याउरे कविता लेखन अभियानकी अभियन्ता रेणुका भट्टराईले बताउँनु भयो ।
हाम्रा मौलिक धर्म संस्कतिसँग जोडिदै आएका झ्याउरेको सम्वर्दन गर्ने समय आएको समेत हामीलाई बताउनु भयो । काव्य घर नेपाल मिडियाका अध्यक्ष समेत रहेका भट्टराई पहिल्लो समय झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियानमा सक्रिय सञ्चारकर्मीका साथै स्रष्टा पनि हुनुहुन्छ ।
प्रज्ञा प्रतिष्ठानको इतिहासमा नै यस किसिमको कार्यक्रम आयोजना पहिलो रहेको समेत जानकारहरु बताउँछन् । तसर्थ यस कार्यक्रमले पक्कै पनि हाम्रा मौलिक सम्भताको पहिचन र झयाउरेको पुरानो इतिहासलाई समेत उजागर गर्ने सम्भावना देखिएको छ ।
What's Your Reaction?






