दमक प्रहरीले गाई हत्यामा संलग्न ४ जनालाई पक्राउ 

Sep 8, 2024 - 20:48
 0  23
दमक प्रहरीले गाई हत्यामा संलग्न ४ जनालाई पक्राउ 


 भदौ २३,झापा,नेपालबोर्डर  भदौं १८ गते राती दमक नगरपालिका २ बस्ने लक्ष्मण  बिष्टको गोठमा बाँधी राखेको ३ महिनाको गर्भेणी गाई चोरी गरी हत्या गर्नेहरुलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ 

झापा प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा यसअघि पनि चोरी,डाकामा कारबाही भएका बेलडागीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ बस्ने बर्ष ४४ को प्रेम बहादुर बिष्ट, जक मुद्धामा कारबाही गरिएका भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ब्घ –२०८ बस्ने बस्ने बर्ष ३८ को खगेन्द्र दुलाल भुटानी शरणार्थी शिविर क्याम्प नं। ३ छाप्रो नम्बर एटु– १२० बस्ने बस्ने बर्ष ३२ को बिधान थापा र दमक नगरपालिका ४ बस्ने बर्ष ४५ की गिता श्रेष्ठ रहेका छन् ।

उनीहरुले गोठ देखि  सय मिटर पूर्व तर्फ रहेको प्लटिङको खाली जमिनमा मध्यराति लगेर  बन्चरो प्रहार गरि निर्मम तरिकाले गाई मारेका थिए । गाई मारेर करङ तथा घाँटीको मासु काटी लगेर अन्य शरिरको भाग भने घटनास्थलमै  छोडेको अवस्थामा फेला परेको थियो । पशुपंक्षी सम्बन्धी कसुरमा फरार रहेका प्रतिवादीहरुको खोजतलास गरि उक्त घटनामा संलग्नहरुलाई खुकुरी थान १, बन्चरो थान १ र मासु बोक्न प्रयोग गरीएको झोला थान १ समेत निज प्रतिबादिहरुको कोठाबाट बरामद गरी चार जनालाई इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले काव्यघरलाई जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow