त्रिभुवन विमानस्थलका आन्तरिक उडान सबै भोलि बिहान सम्म स्थगित

Sep 27, 2024 - 19:37
Sep 27, 2024 - 20:01
 0  16
त्रिभुवन विमानस्थलका आन्तरिक उडान सबै भोलि बिहान सम्म स्थगित

 
असोज,११काठमाडौँ, नेपालबोर्डर  । नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ ।

प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान  शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।

‘प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow