झापामा हात्तीको आक्रममा एक व्यक्तिको मृत्यु

मंसिर २,झापा,नेपालबोर्डर । हात्तीको आक्रमणमा परी झापामा एकजनाको मृत्यु भएको छ । मंसिर १ गते बिहान २ बजेको समयमा दमक नगरपालिका वडा नम्बर ३, दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो ।
जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउन साइरन सहित नजिकै जान खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भण्डारी दिपज्योती चोक घर भै अट्टो सिटी चालक हुन।
What's Your Reaction?






