झापाको लागि उडेको प्लेनमा खराबी आएपछि सकुशल काठमाडौं अवतरण

त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमानमा प्राविधिक खराबी देखिएपछि बिमाललाई काठमाडौं डाइभर्ट गरिएको छ ।

Jan 6, 2025 - 12:17
Jan 6, 2025 - 14:03
 0  79
झापाको लागि उडेको प्लेनमा खराबी आएपछि सकुशल काठमाडौं अवतरण
फायल तस्वीर

पौष २२ काठमाडौ,राजकुमार खड्गा ,नेपाल बोर्डर-त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमानमा प्राविधिक खराबी देखिएपछि बिमाललाई काठमाडौं डाइभर्ट गरिएको छ ।

 बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए । विमान आधा समय उडान भरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको थियो।

 विमान ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको बिमानमा ७२ जना यात्रुहरु थिए । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ ।

बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो । सोहीकारण अहिले विमानहरुले आकासमा फन्को मार्नु परेको छ ।

काठमाडौंबाट १० : ३८ मा भद्रपुरका लागि उडेको विमानलाई भद्रपुर पुग्नै लाग्दा प्राविधिक खराबीका कारण काठमाडौ डाइभट गरि अवतरण गराउनु पर्दा त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण विमानहरुलाई होल्ड गराउनु परेको विमानस्थल स्रोतले बताएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow