खनाल सेवा समितिको शुभकामना आदान –प्रदान 

Oct 30, 2024 - 23:16
 0  14
खनाल सेवा समितिको शुभकामना आदान –प्रदान 

 कार्तिक १४,झापा,नेपालबोर्डर । खनाल सेवा समिति झापा शाखाले विजया दशमी, शुभ दिपावली र नेपाल सम्वत ,छट पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रमका  सम्पन्न गरेको छ घृतकौशीक गोत्रिय प्रतिष्ठान माईघाम झापा भएको  उक्त  शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुखआतिथ्य खनाल सेवा समिति झापाका पुर्व अध्यक्ष पुष्प कुमार खनाल रहेका थिए भने बिशिष्ठ अतिथिहरु घृतकौशिक गोत्रिय प्रतिष्ठानका अध्यक्ष चन्द्र प्रसाद खनाल र खनाल सेवा समिति झापाका पुर्व अध्यक्ष हेमप्रसाद खनाल रहेका थिए ।
जिल्ला समितिका सदस्य विष्णु प्रसाद खनालले स्वागत मन्तव्य सहित शुभकामना व्यक्त गर्नु भएको उक्त कार्यक्रममा कार्य समिति सदस्यहरु लीलानाथ खनाल, शुरेश खनाल, जीवन खनाल, मोहन खनाल ,चुडामणी खनाल,खेमनाथ खनाल ,भोला खनाल र योगेन्द्र राज खनालले समेत शुभकामना सहित शुभ भाव राखेका थिए ।
खनाल सेवा समिति झापा शाखाका अध्यक्ष तेज प्रसाद खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन खनाल सेवा समिति झापा शाखाका सचिव ओमप्रसाद खनालले गरेका थिए । 
-राजकुमार खड्गा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow