खनाल महिला मञ्च,दमकको साधारण सभा  सम्पन्न

Sep 22, 2024 - 09:18
Sep 22, 2024 - 09:20
 0  8
 खनाल महिला मञ्च,दमकको साधारण सभा  सम्पन्न

असोज ६,झापा, नेपालबोर्डर ।  खनाल महिला मञ्च दमकले प्रथम साधारण सभा  सम्पन्न गरेको छ । दमक नगर पालिका भित्र बसोबास गर्ने खनाल परिवारका बुहारीहरुको संस्था खनाल महिला मञ्च दमकले आफ्नो प्रथम साधरण सभा एक कार्यक्रमका बिच सम्पन्न गरेको हो । 


खनाल सेवा समिति झापा शाखाका सचिव ओमप्रसाद खनालको प्रमुख आतिथ्यतामा भएको उक्त साधारण सभाले आगामी कार्यकालको लागि हरिमाया खनालको अध्यक्षतामा सात सदस्य कार्य समिति समेत चयन गरेको छ ।उक्त समितिको सचिवमा सुजता खनाल,कोषाध्यक्षमा निरु खनाल,सदस्यहरुमा तुलसा खनाल, गोमा खनाल, बिष्णु खनाल,प्रमिला खनाल रहेका छन । 
खनाल महिला मञ्चकी अध्यक्ष बिन्दा खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा खनाल सेवा समिति झापा शाखाका उपाध्यक्ष बद्रिप्रसाद खनाल,खनाल सेवा समिति दमकका सचिव शारदा खनाल,कोषाध्यक्ष चुडामणी खनाल,सदस्यहरु पुण्यप्रसाद खनाल,खगेन्द्र खनाल,गणेश खनालको आतिथ्यता रहेको थियो भने खनाल महिला मञ्च दमकका सदस्यहरुको  उपस्थिति रहेको थियो ।
-राजकुकार खड्गा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow