ओलि नेतृत्वमा एमाले काङ्ग्रेसको सरकार गठन हुदै ओलि शितल निवास पुगे

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको दुबै दलनिकट स्रोतले पुष्टि गरेका छन् ।

Jul 2, 2024 - 00:21
Jul 2, 2024 - 00:29
 0  23
ओलि नेतृत्वमा एमाले काङ्ग्रेसको सरकार गठन हुदै ओलि शितल निवास पुगे
फायल तस्वीर

 १८ असार काठमाडौं ,काव्य घर /नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको दुबै दलनिकट स्रोतले पुष्टि गरेका छन्।

दुई दलबीच प्रतिनिधि सभाको बाकी कार्यकालमा आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

 एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ । ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदा निर्माणमा जुटेका छन् । सोमबार रातभर मै सहमतिपत्रमा हस्ताक्षर गर्ने एक नेताले काव्य घरलाई जानकारी दिए ।

 मध्यरातमा ओलि शितल निवास प्रवेश गरेसगै नयाँ सरकारको मोडालिटी बन्ने देखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि