अनुचित लेनदेनका ठगहरुलाई प्रकाउ पुर्जी
दमकका अनुचित लेनदेनका पीडितहरुको उजुरीका आधारमा आयोगले बारम्बार ताकेता गर्दापनि अटेर गरि फरार रहेका मिटर ब्याजीहरु विरुद्ध आयोगद्वारा पक्राउ पुर्जी

साउन २२ झापा,काव्य घर नेपाल / जिल्ला प्रशासन कार्यालयहरुमा अनुचित लेनदेन अर्थात मिटर ब्याज सम्बन्धि उजुरी दर्ता गर्नेहरुको संख्या २२ हजार नाघेको छ । मिटर ब्याज जाचबुझ आयोग गठन भएसगै जिल्ला प्रशासन कार्यालयहरुमा मिटरब्याजी विरुद्ध मुद्वा दर्ता हुने ब्यवस्था गरिएको छ ।
बैशाख १७ गतेदेखि शुरु भएको आयोगको कामकाजमा जम्मा २२ हजार उजुरी परेको गृहमन्त्रालयले जनाएको छ । यसरी उजुरीहरु मदेश प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुमा धेरै परेका छन । जस मध्य धेरै उजुरी बारामा ४ हजार २२ पीडितहरुको उजुरी परेका छन । त्यस्तै तराईका अन्य जिल्लाहरुमा पनि धेरै उजुरीहरु दर्ता हुन आएका छन ।
यसरी उजुरी आएकाहरु मध्य पीडितहरुको मुद्दामा संतोषजनक छैन । छानबिन ,छलफल तथा पीडितहरुको मुद्दालाई कानुनको दायरामा ल्याउने काम अत्यन्तै नियुन भएका छन । छिटोछरितो भने हुन सकेको छैन ।
झापामा पनि मिटर ब्याज पीडितहरु गाउगाउमा छ्यापछ्याप्ती छन ।स्थानीय स्तरमा यो आयोगको सूचना प्रभावकारी रुपमा पुग्न नसकेको कारण धेरैले सूचना नै पाएनन । सूचना पाएकाहरुले पनि धेरैले उजुरी दिन सकेनन ।
दमकका मिटर ब्याजी अर्थात अनुचित लेनदेनका पीडितहरुले भू -माफिया ठगहरु विरुद्ध आयोगको कार्यालय जिल्ला प्रशासन कार्यालय झापामा दिएको उजुरीका आधारमा आयोगले बारम्बार ताकेता गर्दापनि अटेर गरि फरार भएपछि मिटर ब्याजीहरुलाई आयोगले पक्राउ पुर्जी जारि गरेको छ ।
कसरी गरे त अनुचित लेनदेन
दमक २ का मिटर ब्याजी देउकुमार लिम्बु निङ्लेखु मुख्य मिटर ब्याजी ठग हुन । उनका सहयोगी अर्थात बिचौलिया कमल ६ झापाका आमोद शर्मा दहाल हुन । मुख्य यी दुइ ठगहरुले विभिन्न घटनामा बिभिन्न ब्यक्तिहरुलाई प्रयोग गरि ठगी गर्ने गरेका छन ।
शुरुमा गाउसमाजमा अलि कम्जोर रहेको मानिसको पहिचान गर्छन् ।त्यसमा पनि एकल ,पारिवारिक रुपमा कतै कोही पनि जान्ने बुझ्ने ब्यक्तिहरु नभएको परिवार छानछन। आर्थिक समस्यामा परेको ब्यक्तिहरुको पहिचान गर्छन ।अनि उनिहरुसगको जायजेथा के के छ त्यो बुझ्छन् । त्यसपछि उनीहरु बिचौलिया मार्फत अगाडि बढ्छन । उसलाई आर्थिक समस्या परेको बेला केहि रकम दिने तर भएको चल अचल सम्पत्ति धितो बापत दिनुपर्ने सर्त राखछन ।
त्यसपछि शुरुमा धेरै रकम दिने भनिन्छ तर पछि केहि रकम दिएर टारिन्छ । त्यसपछि बिचौलियाहरुलाई कमिसन दिनुपर्ने सर्त पनि राखिन्छ । त्यसपछि त्यै मोल गरिएको बाट कमिसन छुट्याउछन । उनीहरुले जग्गा धनीपुर्जा / लालपुर्जा माग्छन त्यसपछि मालपोत कार्यालयमा सम्बन्धित जग्गावालालाई पुर्याउछन । त्यसपछि मालपोतमा धनीपुर्जा हरायो भनि प्रतिलिपी पाउ भनि निवेदन दिन लगाइन्छ र प्रतिलिपी निकालेर बिचौलिया मार्फत पुरानो धनिपुर्जा/ लालपुर्जा सम्बन्धित जग्गावालालाई नै फिर्ता गरिन्छ ।नयाँ लालपुर्जा आएपछि जग्गा पासको लागि प्रक्रिया अगाडि बढाइन्छ । पाखे कागज पनि सावाँको ब्याज, ब्याजको पनि स्याज, स्याजको नि ब्याज जोडेर जग्गा फिर्ती नामाको कागज तयार गरिन्छ ।
त्यसपछि जग्गा पास गराइन्छ । शुरुआतमा धितो मुखले भन्दै मालपोत कार्यालयबाट जग्गा भने छिन्ती राजिनामा गराइन्छ ।जग्गा पास भएपछि रकम थोरै थोरै गरेर केहि रकम दिइन्छ ।अनि पटक पटक गरेर सर्तको आधा जति रकम दिइसकेपछि पीडितहरुलाई धम्क्याउने तर्साउने गर्न थालिन्छ।
त्यसपछि ति ठगहरु कानुनी रुपमा बलियो हुनलाई कानुन व्यवासायीकोमा पुग्छन । कानुन व्यवसायिलाई मोटो रकम बुझाइन्छ र मुद्दामा ठगलाई जिताउने खेल खेलिन्छ ।बिचौलियाले जग्गा धनि/ पीडितहरुलाई अलमल गराउने फिर्तीनामाको समय गुजार्ने परिआए केहि रकम थपिदिए जस्तो गर्ने गर्छन ।
कानुन व्यसायीसम्म पुगेपछि पीडितहरुको मुद्दा नलाग्ने मुद्दा लागिहालेनी पार नलाग्ने के कसरी भनेर सबै आइडिया कानुन ब्यवसायीमार्फत लिइन्छ र ठगि धन्दाको जालो सबैतिर फैलाइन्छ
पीडितहरुलाई सर्त अनुसारको दिइनुपर्ने रकम अब उता कानुन ब्यवसायीमा लगानी गरिन्छ । अदालतमा अनावश्यक झुट्टा मुद्दाहरु दर्ता गरिन्छ। पीडितहरुको अदालत सम्म पुग्ने हैसियत हुदैन ।कानुन ब्यवसायीको महङ्गो फिस बुझाउन सक्ने अवस्था हुदैन।त्यसपछि अदालतको फैसलालाई टेकेर ठगहरुले पीडितको सर्बोस्स लुटिन्छन र सडकमा पुर्याइन्छ ।
त्यसपछि अदालतले पीडितहरुको प्रमाणहरु परिस्थिति बुझ्न नपाई एकपक्षीय पीडितहरुका विरुद्ध फैसला गरिदिन्छ । त्यै फैसलाका आधारमा गाउघरमा ठगहरु डन भएर रवाफ जमाउछन ।प्रहरी मुकदर्शक बन्छ ।स्थानीय सरकार जता मल्खु त्यतै ढल्कु गर्छ ।
अनि पीडितहरु रोडमा आइपुग्छन ।गाउका मुखिया जान्नेबुझ्नेहरु कानुनी रुपमा अगाडि छ सामाजिक रुपमा तपाईंहरु अगाडि भएपनि पछाडि पर्नु भन्दै गाउघरका टाठाबाठाहरु भन्न थाल्छन् ।अब पीडितहरुलाई कहाँ जाउ के गरौ हुन्छ ।उनीहरुको कुरा सुनिदिने पत्याइदिने यो समाजमा कोहि भेटिदैनन् । पीडितहरुको जायजेथा हडप्ने काम शुरु हुन्छ ।
घटना बिवरण
What's Your Reaction?






