अभिनव साहित्य समाजद्वारा  विभिन्न व्यक्तित्व पुरस्कृत 

Mar 8, 2025 - 18:48
 0  16
अभिनव साहित्य समाजद्वारा  विभिन्न व्यक्तित्व पुरस्कृत 



फागुन २४,काठमाडौँ,नेपालबोर्डर ,जयराम बिडारी  /अभिनव साहित्य समाजको चौबिसौं वार्षिकोत्सवका अवसरमा महिला कर्मचारी, शिक्षिका एवम् गृहिणीहरूको संस्मरण लेखन प्रतियोगिता को पुरस्कार  वितरण कार्यक्रम समाजमा विशिष्ट योगदान दिएका व्यक्तित्वहरुलाई पुरस्कृत गरी सम्पन्न गरिएको छ ।

गोकर्णेश्वर  नगरपालिकाको प्रायोजन र समाजको आयोजनामा सम्पन्न गरिएको उक्त कार्यक्रम वडा नम्बर ६ को सभाहलमा नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्य तथा समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्वमा वडाध्यक्ष नवराज लामाको विशेष आतिथ्य,समाजसेवी तथा साहित्यकार वसन्त रिजाल ,समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ लगायतको आतिथ्यमा सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा स्रष्टा पदयात्रा नेपाल तथा घुम्ती कवि गोष्ठी नेपालकी आजीवन सदस्य तथा सशक्त लेखिका का रुपमा उदीयमान साहित्यकारका रूपमा समेत परिचित ‘अछुत जून’ कविता संग्रहकी सर्जक कवि रुबि सत्याल गृहिणी समूहमा प्रथम भएकी छिन् भने अर्की सशक्त लेखिका अम्बिका रिजाल द्वितीय तथा स्रष्टा पदयात्री साहित्यकार विष्णुकुमारी  खनाल अधिकारी  तृतीय र जमुना भट्टराई  सुवेदी तथा शारदासिंह ठकुरीले  प्रोत्साहन  स्वरूप सान्त्वना पुरस्कार पाएका छन् । यसैगरि कर्मचारी समूहमा राष्ट्रिय खेलकूद परिषदमा लेखा अधिकृतका रुपमा कार्यरत तथा स्रष्टा पदयात्रा नेपालकी सदस्य साहित्यकार विजया बस्नेत प्रथम,तिलस्मी भण्डारी द्वितीय, गङ्गा खड्का,तृतीय र क्रमश रस्मिला खत्री तथा सरिता दुलाल घिमिरेले प्रोत्साहन  स्वरूप सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । पुरस्कृत साहित्यकार हरुलाई वडाध्यक्ष द्वारा खादा ,प्रमुख अतिथि द्वारा प्रमाण पत्र र समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ द्वारा नगद राशि सहित पुरस्कृत गरिएको थियो । 


कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रित गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले गोकर्णेश्वरमा अग्रज साहित्यकारहरु भैरव अर्याल, रमेश विकल लगायत थुप्रै सर्जकहरुको नेपाली साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै आजभोली जनप्रतिनिधिको काँधमा साहित्यिक उन्नयनको जिम्मेवारी पनि थपिएको जनाए । उनले गोकर्णेश्वर नगरपालिकामा भाषा, कला र साहित्यको क्षेत्रमा यथेष्ट योगदान गर्नका खातिर साहित्य बुझेका जनप्रतिनिधि रहेको भनेर चिनाउने प्रयास गरिरहेको समेत बताए । साथै 
साहित्यलाई माया गर्दै योगदानमा आधारित सार्थक परिणाम दिने जनप्रतिनिधि पनि रहेको गौरववोध हुनेगरी कार्यक्रममा सक्दो सहभागिता रहोस् भन्ने चाहनाले नगर साहित्य पुरस्कारको प्रतियोगिता गर्न लागेको समेत बताए । यसैगरि विशेष अतिथि ६ नम्बर वडाका वडाध्यक्ष नवराज लामाले पुरस्कार प्राप्त साहित्यकारहरुलाई  बधाई तथा शुभकामना ब्यक्त गर्दै जसरी फूटबल खेल्ने खेलाडीलाई फाइनल गेम सम्म पुग्दै गर्दा खुशी लागे जस्तै पुरस्कृत हुन नसकेका प्रतियोगि हरुलाई निराश नहुन अनुरोध गरे । उनले निकट भविष्यमा वडास्तरीय एउटा विशेष साहित्यिक कार्यक्रमको आयोजन गर्न लागिएको समेत घोषणा गरे । 

उक्त अवसरमा विशिष्ट अतिथि गोविन्द घिमिरे ‘वेदमणि’ले पुरस्कृत सवैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले समाजसँग साहित्यिक गतिविधिका लागि यथेष्ट कोषको व्यवस्था नभए तापनि साहित्यको उन्नयनका लागि नगरपालिकासँग समन्वय गरी प्राप्त गर्ने गरेको रकमको समुचित व्यवस्थापन गरी साहित्यकार हरुको अभिनन्दन, सम्मान तथा पुरस्कार वितरण कार्यक्रमले सर्जकहरुमा उत्साह वृद्धि हुने विचार व्यक्त गरे ।उनले साहित्यकार हरुलाई लेखन कर्ममा निरन्तरता दिन सुझाउँदै इतिहासमा अमरत्व प्राप्त हुने कृति सिर्जना गर्नमा यस्ता कार्यक्रमले यथेष्ट योगदान पुग्ने उल्लेख गरे , साथै अभिनव साहित्य समाजका लागि शारदा पराजुली,परशुराम पराशर, घनश्याम प्रसाईं,विमल अर्याल लगायतका अन्य थुप्रै पदाधिकारी हरुको सक्रियताको प्रशंसा समेत गरे । 

सो समारोहमा निर्णायक समितिका तर्कबाट संयोजक परशुराम पराशरले महिला साहित्यिक जागरण अभियानअन्तर्गत संस्मरण लेखन प्रतियोगिताको मूल्यांकनका आधारहरु बारे प्रकाश पार्दै पुरस्कार वितरणका लागि शीर्षकीय गहनताका आधारमा प्रयुक्त शिल्प शैली र त्यसबाट समाज उपयोगी प्राप्त सन्देशको अत्युत्तम विषयवस्तुलाई प्रस्तुत गरिएका सन्दर्भ सामग्रीहरुलाई समेटिएर मूल्यांकन गरिएको बताए ।उक्त अवसरमा समाजका सह(सचिव मेनका पोखरेल आचार्यद्वारा अभ्यागत हरुलाई स्वागत गर्दै पुरस्कृत हुने र सहभागिता जनाएका प्रतियोगि हरुलाई हार्दिक बधाई तथा थप उत्तरोत्तर प्रगतिका लागि शुभका‘

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow